घरजग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु

Gharjagga kinda dhyan dinu parne kura haru

घरजग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु: हरेक मनिस को जिवनमा एउटा सपना हुन्छ कि मेरो पनि घर होस, जग्गा होस, गाडि होस, टन्न​​ बैंक व्यालेन्स होस । र आहिलेको नेपाल को प्राये सबै येहि सपना पुरा गर्नका लगि रातदिन, घमपनि, हुरिबतास नभनिकन धन, सम्पत्ति, पैसा, मान, प्रातिष्ता र इज्जत कमाउनको लगि दौडि रहेकछ छन्।

यसरि दुःख गरि कामाएको धन, सम्पति, पैसालाई सहि सदुपयोग गर्नु जरुरि छ । त्यसैले घरजग्गा किन्दा धरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।

घरजग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु

घर किन्दा ध्यान दिनु पर्ने कुराहरु :

मनिस ले जिवनमा घर भनेको धरैचोटि किनिरहन सकिदैन । त्यसैले घर किन्दा बिसेष ध्यान दिनुपर्ने कुरा हरु तल उल्लेखित गरिएका छन्।

  • घर कति सालमा बनेको हो, घर बनाउदा कस्तो किसिमको समग्रिहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्य्क्ती वा घर धनिलाई नै भेटेर सबै कुराकानि र विचार पुर्‍याएर मात्र घर किन्नु पर्छ ।

  • र घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि बिचार पुर्‍यानुपर्छ ।

  • भुकम्प प्रतिरोधात्मक घर बनेको छ कि छैन आथवा कति रक्टेर स्केल सम्मको भुकम्प थेग्न सक्छ त्यो कुरामा पनि बिचार पुर्‍याएर घर किन्नु रम्रो हुन्छ ।

  • घरको ठाऊ पनि बिचार पुर्‍यानुपर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छाडेको छ छैन हेर्नुपर्छ ।

  • सेवा तथा सुविधाको हिसबले कस्तो छ ? त्यो कुरामा पनि विचार गर्नु पर्छ । जस्तैः पर्किङ, बत्ति, पानि, ढल आदिको व्यवस्था कस्तो छ​? त्यो कुरामा पनि विचार गर्नु होला ।

  • वास्तुशास्त्र अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्त्र अनुसार घर बनेको छ कि छैन त्यो कुरामा पनि विचार पुर्‍याएर घर किन्नु रम्रो हुन्छ ।

  • घर को मोहोडा काठमाडौँको हिसाबले पुर्व, दछिण छ कि छैन । घाम र पर्ने पानिको हिसाबले गर्दा पुर्व​, दछिण फर्केको घर उपयुक्त्त हुने हुदा यस कुरामा पनि विचार पुर्‍याएर मात्र घर किन्नु रम्रो हुन्छ ।

पसल चाहिएमाः Dairy Shop for sell in Kapan, Kathmandu

  • कति फिटको बाटोमा घर बनेको छ । घरसम्म ट्याक्सी, कार, बस, मोटोरसाइकल जान्छ​ कि जादैन त्यो कुरमा पनि विचार पुर्‍याएर घर किन्नु रम्रो हुन्छ ।
  • सर्वजनिक सेवा र सुविधाको हिसबले घर भएको ठाउ कतिको महत्त्वपुर्न छ त्यो कुरामा पनि बिचार पुर्‍याउनुपर्छ । जस्तैः- यातायातको सुविधा, विधालयको सुविधा, अस्पतालको सुविधा, किनमेल गर्नका लगी बजारको सुविधा, नगद कारोबार गर्नाका लागि बैक तथा वित्तिय सङ्स्थाहरुको सुविधा, सुरक्षाको सुविधा आदि को धरै कुरामा विचार पुर्‍याएर घर किन्नु पर्छ ।
  • समाजमा कस्ता किसिमका मनिसहरु बसोबस गर्छन । समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन आर्थत त्यो किसिमको समाज मेरो लगि उपयुत्त्क छ कि छैन । त्यो कुरामा पनि विचार पुर्‍याएर घर किन्नु रम्रो हुन्छ ।
  • प्राक्रितिक तथा शान्त तथा सफा सुग्घरको वातावरण छ कि छैन । त्यो कुरमा पनि विचार पुर्‍याउनु पर्छ । जस्तैः- गडिको आवाज, कलकरखनाको आवाज, आन्य मेसिनरि सामानहरु चलाउदा आउने आवाज, मन्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धरै कुरामा विचार पुर्‍याएर उपयुत्त्क शान्त तथा हरियली वातावरणमा घर छन्नु उपयुत्त्क हुन्छ ।
  • घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठिको को हो ? घर जग्गामा मोहिको स्वामित्व छ कि छैन आदि को साबै कुरामा विचार पुर्‍याएर मात्र घर किन्नु पर्छ ।
  • घर किनेको ठाऊ वरीपरि खुल्ला ठाऊ छ कि छैन त्यो कुरामा पनि विचार पुरयाउनु पर्छ । भुकम्प आउदा भाग्न्को लगि खुल्ला ठाऊ पनि हुन आवश्यक छ । बर्तमान नगर वा ग्रामिण योजनाले पर्ने आसर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लगि घर लिने हो सो प्रयोजन गर्न पाइने हो कि होइन अध्ययन गर्नुपर्छ ।

जग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरुः

जग्गा भनेको जिवनमा एकचोटि मात्र किन्न सकिन्छ । यदि जग्गा किनेर बेचिहाल्ने हो भने पनि उपयुक्त्त जग्गा नै हुनुपर्छ । यदि जग्गा किनेर घर बनाएर बस्ने हो भने त झन धरै कुरामा विचार पुर्‍याएर मात्र किन्नु उपयुक्त्त हुन्छ ।

  • काठमाडौँको हिसाबले हेर्दा जग्गा पुर्व्, दक्षिण मोहडा भाको उपयुक्त्त हुन्छ ।

  • जग्गामा घाम, पनीको रम्रो व्यवस्था हुनु आवश्यक छ ।

  • जग्गा सम्म पुग्ने बाटो कति फिटको छ । मोटरसाइकल तथा गडी जन्छ कि जादैन विचार पुर्‍याएर मात्र छनौट गर्नुपर्छ ।

  • वास्तुशास्त्र अनुसारको जग्गा छ कि छैन त्यो कुरामा पनि विचार पुर्‍याउनु पर्छ ।

  • सेवा र सुबिधाको हिसाबले उपयुक्त्त जग्गा हो कि होइन त्यो कुरामा पनि विचार पुर्‍याउनु पर्छ जस्तैः- ढल, विजुली, यातायात, स्कुल अस्पताल आदि ।

  • जग्गाको लोकेशन पनि ठिक ठाऊमा छ कि छैन । त्यो कुरामा पनि बिचार पुर्‍याउनु पर्छ ।​

  • भीर पहिरो वा नदि कटानले असर नहुने खालको जग्गा हुनुपर्छ ।

  • जग्गा को तिरो तिरेको छ कि छैन । जग्गा रैकर आथवा गुठि कुनको हो त्यो पनि हेर्नुपर्छ । जग्गामा मोहीको हक छ कि छैन त्यो कुरामा पनि विचार पुर्‍याएर मात्र जग्गा खरिद गर्नुपर्छ ।>

  • नक्सा र भोग समान छ छैन जाच्नुपर्छ । मुद्दा मामिला रोक्का भएको जग्गा लिनु हुदैन ।
  • उच्च विधुत चाप प्रसारण रेखा भन्दा १०/१५ मिटर टाढा जग्गा हुनुपर्छ ।

माथि उल्लेखित सबै कुरामा विचार पुर्‍याएर घरजग्गा खरिद गर्ने हो भने हमिले भविष्य्मा पछुताउनु पर्दैन । नत्र दुःख गरि कमाएको सम्पति र भविष्यको लगि जोडेको घरजग्गा व्यर्थ हुन्छ ।

त्यसैले समयमै सचेत भई हरेक कुराको सोध, खोज र अनुसन्धान गरि समय लग​एरै घरजग्गा किनेमा आफु र आफ्नो सन्ततीको लागि जीवनभर खुशिको बाहार ल्याउन सकिन्छ र भविष्यमा आफुले गरेको लगानि ठिक ठाऊमा रहेछ भनि खुसि र आनन्दमा रमाउन सकिन्छ ।

Join The Discussion

Compare listings

Compare